सन् २०२२को कतार विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत मंगलबार राति भएका खेलमा अर्जेन्टिना विजयी हुँदा उरुग्वे पराजित भएको छ । मंगलबार राति भएको खेलमा अर्जेन्टिनाले बोलिभियामाथि २–१को संघर्षपूर्ण जित निकाल्दा उरुग्वे पेरुसँग ४–२ले पराजित भएको छ।
अर्जेन्टिनालाई जित दिलाउन लाउटारो मार्टिनेजले मुख्य भूमिका खेले । उनले एक गोल र असिस्ट गरेका थिए । अर्जेन्टिनाका जोकिन कोर्रेआ र बोलिभियाका मार्सेलो मेरिनोले गोल गरेका थिए ।
घरेलु मैदानमा २४औं मिनेटमा मार्सेलो मोरिनोले गोल गर्दै बोलिभियालाई सुरुवाती अग्रता दिलाए्। ४५औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै पहिलो हाफमा खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
७९औं मिनेटमा कोर्रेआले मार्टिनेजकै पासमा गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए । विश्वकप छनोटमा अर्जेन्टिनाको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १–०ले पराजित गरेको थियो ।

यसैगरी विश्वकपको दक्षिण अमेरिकी छनोटमै उरुग्वे भने पराजित भएको छ। मंगलबा राति भएको खेलमा उरुग्वे इक्वेडरसँग ४–२को फराकिलो अन्तरले पराजित भयो । इक्वेडरको जितमा माइकल इस्ट्राडाले २ गोल गरे भने मोइसेस काइसेडो र गोन्जालो प्लाटाले समान १ गोल गरे। उरुग्वेका दुवै गोल लुइस सुआरेजले गरे।
घरेलु मैदानमा इक्वेडरले १५औं मिनेटमा काइसेडोको गोलमा अग्रता लियो । पहिलो हाफको इन्जुरी समयमा इस्ट्राडाले गोल गर्दै इक्वेडरको अग्रता दोब्बर बनाए । इस्ट्राडाले ५२औं र ७५औं मिनेटमा प्लाटाले ले गोल गरेपछि इक्वेडरले उरुग्वेविरुद्ध ४–०को अग्रता लियो । ८४औं र इन्जुरी समयमा सुआरेजले लागतार दुई पेनाल्टीमा गोल गरेपनि त्यो टिमको हार जोगाउन पर्याप्त भएन ।
यसैगरी दक्षिण अमेरिकी छनोटकै अन्य खेलमा पाराग्वेले भेनेजुएलालाई १–०ले पराजित गर्दा कोलम्बिया र चिलीले २–२ गोलको बराबरी खेलेका छन् ।