सागका स्वर्ण विजेतालाई आजीवन भत्ता

नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा वर्ण विजेता नेपाली खेलाडीहरुले आजीवन भत्ता पाउने भएका छन् । नेपाल सरकारले १३औं सागमा नेपालाई ऐतिहासिक स्वर्ण पदक दिलाउने खेलाडीलाई आजीवन भत्ता दिने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७७÷७८ को सरकारको निति तथा कार्यक्रमअन्तर्गत रहेर युवा तथा खेलकुद मन्त्रालयले १३औं सागमा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई आजीवन भत्ता दिने भएको हो । १३औं सागनमा नेपालले ऐतिहासिक रुपमा ५१ स्वर्ण जितेको थियो ।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले यसको पुष्टी गरेका छन् । उनले भनेका छन्, ‘१३औं सागमा नेपाललाई ऐतिहासिक सफलता दिलाउने स्वर्ण विजेता खेलाडीलाई आजीनव भत्ता दिने निर्णय भएको छ । स्वर्णधारीले जनही मासिक ६ हजार रुपैयाँ भत्ता पाउने छन् ।’ मन्त्री विश्वकर्माले खेलाडीहरुलाई आगामी साउनबाट भत्ता उपलब्ध गराइने बताए ।

सरकारको १३औं सागका पदक विजेता सम्पूर्ण खेलाडीलाई यसअघि नै नगद पुरस्कार पनि दिएको थियो । सरकारले व्यक्तिगत इभेन्टतर्फ स्वर्ण जित्नेलाई ९ लाख, रजत जित्नेलाई ६ लाख र कास्य जित्नेलाई ३ लाख रुपैयाँ पुरस्कार दिएको थियो ।

यस्तै, टिम इभेन्टतर्फ स्वर्ण जित्नेलाई ६ लाख, रजत जित्नेलाई ४ लाख र कास्य जित्नेलाई २ लाख रुपैयाँ दिइएको थियो । यस्तै एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रतिस्वर्ण ११ लाखका दरले रकम उपलब्ध गराइएको थियो ।

क–कसले दिलाए नेपाललाई स्वर्ण ?

  • तेक्वान्दो
  • आयशा शाक्य– पुम्से महिला २९ वर्ष माथि
  • पार्वती गुरुङ– पुम्से महिला २४–२९ वर्ष
  • सिना मादेन लिम्बू– पुम्से महिला १७–२३ वर्ष
  • कमल श्रेष्ठ– पुम्से पुरुष २४–२९ वर्ष
  • काजल श्रेष्ठ– ४६ केजी फाइट
  • वीरबहादुर महरा – ६८ केजी फाइट
  • संगिता बस्याल – ६२ केजी फाइट
  • सक्षम कार्की – ८७ केजीमाथि फाइट
  • भूपेन श्रेष्ठ– ८७ केजी मुनि फाइट
  • आयशा शाक्य र सञ्जिवकुमार ओझा – पुम्से जोडी २९ वर्षमाथि
  • निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमिल्सिना – पुम्से महिला टिम १७–२३ वर्ष
  • निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई – पुम्से महिला टिम २३ वर्षमाथि
  • कराते
  • मण्डेकाजी श्रेष्ठ– व्यक्तिगत काता पुरुष
  • विप्लवलाल श्रेष्ठ – ८४ केजी माथि फाइट
  • नविन रसाइली – ६७ केजी फाइट
  • लक्ष्मण तामाङ – ५५ केजी समूह फाइट
  • कुसुम श्रेष्ठ – ४५ केजी फाइट
  • अनुपमा मगर– ६८ केजी फाइट
  • अनु अधिकारी – ५५ केजी फाइट
  • सुनिता महर्जन – ६८ केजी फाइट
  • निर्मला तामाङ, संगिता मगर र सरु कार्की – महिला टिम काता
  • मण्डेकाजी श्रेष्ठ, महशुस तामाङ र प्रविण कार्की – पुरुष टिम काता
  • उसु
  • विजय सिञ्जाली – थाउलो छानछ्वान
  • सुस्मिता तामाङ– थाउलो छानछ्वान
  • दीपक हमाल– थाउलो नानछ्वान अलराउन्ड
  • निमा घर्तिमगर – थाउलो नानछ्वान अलराउन्ड
  • जुनी राई – सान्सौ ५६ केजी फाइट
  • पौडी
  • गौरिका सिंह – २ सय मिटर फ्रीस्टायल
  • गौरिका सिंह – २ सय मिटर ब्याकस्ट्रोक
  • गौरिका सिंह – ४ सय मिटर फ्रीस्टायल
  • गौरिका सिंह – सय मिटर फ्रीस्टायल
  • साइक्लिङ
  • राजेश मगर – डाउनहिल
  • निस्मा श्रेष्ठ – डाउनहिल
  • लक्ष्मी मगर– क्रसकन्ट्री
  • बुद्धिबहादुर तामाङ – क्रसकन्ट्री
  • एथ्लेटिक्स
  • सन्तोषी श्रेष्ठ – १० हजार मिटर दौड
  • गोपीचन्द्र पार्की – ५ हजार मिटर दौड
  • किरणसिंह बोगटी – म्याराथन
  • बक्सिङ
  • मिनु गुरुङ – ५४ केजी
  • भूपेन्द्र थापामगर– ६४ केजी
  • सनिल शाही–६० केजी
  • ट्रायथलन
  • सोनी गुरुङ
  • हिमाल टमाटा
  • भारोत्तोलन
  • सञ्जु चौधरीले – ५९ केजी
  • विकास थापा – ८९ केजी
  • गल्फ
  • सुवास तामाङ– व्यक्तिगत
  • शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुवास तामाङ र निरज तामाङ – टिम स्पर्धा
  • जुडो
  • देविका खड्का– ५२ केजी
  • पुनम श्रेष्ठ – ७८ केजी
  • कुस्ती
  • गीता धामी – ५५ केजी
  • फुटबल
  • पुरूष फुटबल टोली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP