साउथह्याम्पटनसँग म्यान्चेस्टर युनाइटेडको निराशाजनक बराबरी

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले निराशाजनक बराबरी खेलेको छ। सेन्ट म्यारी स्टेडियममा भएको खेलमा युनाइटेड साउथह्याम्पटनसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

घरेलु मैदानमा ३०औं मिनेटमा साउथह्याम्पटनले आत्मघाती गोल मार्फत अग्रता लियो। साउथह्याम्पटनका स्ट्राइकर चे एडम्सको प्रहार फ्रेडको खुट्टामा डिफ्लेक्ट हुँदै गोल भएको थियो।

पहिलो हाफमा १–०ले पछि परेको युनाइटेले दोस्रो हाफमा सुधारिएको खेल पस्कियो। ५५औं मिनेटमा पाउल पोग्बाको पासमा मासन ग्रीनउडले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
त्यसपछि युनाइटेडले खेलमा पूर्ण दबाब बनाएपनि गोल गर्न भने सकेन । र, ऊ अंक बाँड्न बाध्य भयो।

खेलमा युनाइटेडले ६४ प्रतिशत बल पोजेसन बनाउँदै साउथह्याम्पटनको पोस्टमा १५ सट प्रहार गरेको थियो। जसमध्ये ४ सट फ्रेममा थियो । यता, सायथह्याम्पटनले ८ सट प्रहार गरेकोमा ३ सट फ्रेममा थियो।