महिला क्रिकेटरसहित दर्जन बढीलाई एसपीएको सम्मान

Read Time:2 Minute

धनगढीमा रहेको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज)को रजत जयन्तीका उपलक्ष्यमा राष्ट्रिय महिला क्रिकेटरहरु र विभिन्न व्यक्तित्वहरु सम्मानित भएका छन्।

सुनसरीको इटहरीमा यसैवर्ष भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जित्दै इतिहास रचेको सुदूरपश्चिमको टोलीमा रहेका ४ जना महिला क्रिकेटरलाई कलेजले नगदसहित सम्मानपत्र प्रदान गरेको हो ।

यसरी सम्मानित हुनेहरुमा कविता कुँवर, इश्वरी विष्ट, मनिषा चौधरी र रुवि पोदार छन् । प्रधानमन्त्री कपको फाइनल खेलको अन्तिम ओभरमा जितका लागि आठ रन आवश्यक भएका बेला एसपीएमा अध्ययनरत कविता कुँवरले लगातार दुई छक्का प्रहार गर्दै सुदूरपश्चिमलाई पहिलोपल्ट महिला राष्ट्रिय क्रिकेटको उपाधि दिलाएकी थिइन् ।

सबैलाई एसपीएका अध्यक्ष योगेन्द्रबहादुर शाही, प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा, प्रबन्ध निर्देशक सुवाश शाही र क्याम्पस प्रमुख योगराज उपाध्यायले सम्मानित गरेका थिए।

यस्तै दुई वर्षअघि मलेसियामा सम्पन्न पाँचौ गोजुरियो विश्व कराँते च्याम्पियनसीपमा नेपालका लागि रजत पदक दिलाएका एसपीएकै विद्यार्थी कमल ओलीलाई पनि कलेजले सम्मान गरेको छ। यस्तै रजत जयन्तीका अवसरमा पूर्ण क्याम्पस प्रमुखहरु हेमराज जोशी, पुष्पराज जोशी, शिवराज श्रेष्ठ र मोहनराज भट्टलाई पनि कलेजले कदरपत्र र दोसल्लासहित सम्मान गरेको छ।

त्यसबाहेक सामाजिक क्षेत्रका व्यक्तित्वहरु प्राडा हेमराज पन्त, गेटा आँखा अस्पतालका निर्देशक डा. सुरेश पन्त, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशी, पूर्वविद्यार्थी पूर्णनन्द जोशी, राजकुमारी महतो, अमेरिकी कर्नर धनगढी, पुर्नवास नगरपालिकाकी उपमेयर तथा कलेजकी पूर्व विद्यार्थी भूलिया रानालाई पनि कदरपत्र र दोसल्लासहित सम्मान गरिएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post मछिन्द्रसँग फेरि हार्‍यो चर्च बोइज, केपी ओली कपमा २–१ले पराजित
Next post र्‍याफ्टिङ च्याम्पियनसिपको उपाधि ह्वाइट वाटर र फ्रिडमलाई
Close