युरोकप छनोटमा स्पेन विजयी हुँदा क्रोएसिया रोकिएको छ। शनिबार राति भएको खेलमा स्पेनले नर्वेमाथि ३–०को जित निकाल्दा क्रोएसिया वेल्ससँग १–१ गोलको बराबरीमा रोकियो।
घरेलु मैदानमा भएको खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका जोसेलुले ८४औं र ८५औं मिनेटमा गोल गरे। जोसेलु ८१औं मिनेटमा अल्भारो मोराटाको मैदान प्रवेश गरेका थिए ।
त्यसअघि डानी ओल्मोले १३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। समूह ए कै अर्को खेलमा स्कटल्याण्डले साइप्रसलाई ३–० ले पराजित गरेको छ ।
यता, क्रोएसियाले वेल्ससँग १–१ को बराबरी खेलेको छ। आन्द्रे क्रामारिकले २८औं मिनेटमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर इन्जुरी टाइमको तेस्रो मिनेटमा वेल्सका नाथन ब्रोएडहेडले गोल गर्दै खेल बराबरी गरे।