°
, June 1, 2023 in

मैत्रीपूर्ण खेलका लागि स्पेनिस क्लब नेपाल आउने, पोखरा र काठमाडौंमा मैत्रीपूर्ण खेल खेल्ने

SHARE:

मैत्रीपूर्ण खेलका लागि नेपाल स्पेनिस क्लब काथेरेन्यो नेपाल भ्रमणमा आउने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) र कास्की जिल्ला फुटबल संघसँगको सहकार्यमा ‘शान्तिका लागि फुटबल’ भन्ने नाराका साथ दुई मैत्रीपूर्ण खेल्न काथेरेन्यो नेपाल आउन लागेको हो ।

स्पोनको दोस्रो डिभिजन क्लब काथेरेन्योले काठमाडौं र पोखरामा एक÷एक मैत्रीपूर्ण खेल खेल्ने आयोजक लुम्बिनी गार्डेन फाउन्डेसनले जनाएको छ। खेल पोखरा रंगशाला र दशरथ रंगशालामा हुनेछन् ।

काथेरेन्यो फुटबल क्लब र गण्डकी–११ बीचको मैत्रीपूर्ण खेल पुस १३ गते पोखरा रंगशालामा हुनेछ । यसैगरी पुस १४ गते दशरथ रंगशालामा काठमाडौं–११ सँग दोस्रो मैत्रीपूर्ण खेल हुने तालिका छ ।

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान अनिल गुरुङले गण्डकी–११ फुटबल टिमको कप्तानी गर्ने छन् भने प्रशिक्षकमा राजेन्द्र तामाङ रहने छन्। यस्तै, काठमाडौं–११ को कप्तानी पूर्वकप्तान विराज महर्जनले गर्ने छन् भने प्रशिक्षकमा मेघराज केसी छन्।

स्पेनको राष्ट्रिय टोलीबाट खेलिसकेका म्यानुयल सान्चेज डेल्गाडो (मोनोलो) पनि नेपाल भ्रमणमा आउने टोलीमा हुनेछन् । सन् १९८८ देखि १९९२ सम्म स्पेनको राष्ट्रिय टोलीबाट खेल्ने क्रममा स्ट्राइकर मोनोलोले २८ अन्तर्राष्ट्रिय खेलमा ९ गोल गरेका थिए । विश्वकप १९९० मा मोनोलो स्पेनिस टिमको मुख्य खेलाडी थिए ।

फाउन्डेसनका उपाध्यक्ष गोबिन्द सुवेदीले नेपाली राष्ट्रिय टोलीका वर्तमान तथा पूर्वस्टार खेलाडीहरू र स्पेनिस राष्ट्रिय टिमबाट विश्वकपको समेत अनुभव बटुलिसकेका खेलाडीबीचको प्रतिस्पर्धा अत्यन्तै रोमाञ्चक हुने अपेक्षा रहेको बताए । यसैगरी उनले समर्थकलाई मैदानमा उपस्थिति भइदिन आग्रह गरेका छन् ।

नेपालमा फुटबलको विकास तथा पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउने उद्देश्यसहित गरिन लागेको मैत्रीपूर्ण खेलका लागि काथेरेन्यो फुटबल क्लबको साथमा स्पेनिस राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरूका साथै स्पेनिस फुटबल महासंघका उपाध्यक्ष पनि नेपाल आउनेछन् । फाउन्डेसनले नेपालको पर्यटन प्रवर्द्धनमा यस मैत्रीपूर्ण खेलले धेरै सहयोग पुग्ने विश्वास लिएको छ।

SHARE: