मैत्रीपूर्ण खेलमा नेपालको गण्डकी–११ स्पेनको दोस्रो डिभिजनको लिग क्लब कासेरेन्यो सिपीसँग पराजित भएको छ। बुधबार पोखरा रंगशालामा बुधबार भएको खेलमा कासेरेन्योले पूर्व राष्ट्रिय खलाडी अनिल गुरुङकाृ कप्तानीमा रहेको गण्डकी–११ लाई ३–०ले हरायो।
कासेरेन्योका लागि कार्मेलो मोरा, मिगुएल एन्जल कारिलेरो गोन्जालेज र बेर्मुले एक एक गोल गरे।
खेलको २३ औं मिनेटमा कार्मेलोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । ३०औं मिनेटमा मिगुएलले गोल गर्दै कासेरेन्योको अग्रता दोब्बर बनाए। त्यसपछि खेलको ९० औं मिनेटमा बेर्मुले गोल गर्दै कासेरेन्योलाई ३–० को जित दिलाए ।
नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्नका स्पेनको दोस्रो डिभिजनको क्लब नेपाल आएको हो । अब कासेरेन्योले बिहीबार दशरथ रंगशालामा काठमाडौं–११ सँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
स्पेनस्थित नेपाली राजदुतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी गार्डेन फाउन्डेसनले कासेरेन्योको नेपाल भ्रमण आयोजना गरेको हो।