एनएसजेफ स्पोर्ट्स अवार्डमा क्रिकेटलाई किन उपेक्षा?

17 Jan, 2024

नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्यके वर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्ड मनोनयन सर्वाजनिक गरिएको छ।

मञ्चले बुधबार एक कार्यक्रम गर्र्दै पिपल्स च्वाइस अवार्डको अन्तिम ५को मनोनयन सार्वजनिक गरेको हो। अवार्डको यो सवैभन्दा चर्चित विधा हो।

मनोनयनमा नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त तामाङसँगै भलिबलकी निरुता ठगुन्ना, करातेका विप्लवलाल श्रेष्ठ, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र बडिबिल्डिङकी रजनी श्रेष्ठ परेका छन्।

तर, यो मनोनयनमा कुनै पनि क्रिकेटर नपर्दा धेरै खेलकुद प्रेमीलाई अचम्म मानेका छन्।

यो वर्ष नेपाली क्रिकेट टिमले अन्तर्राष्ट्रिय क्रिकेट टिमले धेरै उपलब्धिहरु हासिल गरेको छ। यो वर्ष नै नेपाल दोस्रो पटक टि–२० विश्वकपमा छनोट भएको थियो भने नेपाली युवा टिम पनि यू–१९ विश्वकपमा छनोट भएको थियो।

यस्तै, नेपाली राष्ट्रिय टिमले यही वर्ष पहिलो पटक एसिया कप खेलेको थियो। त्यहाँ नेपालले भारत र पाकिस्तानसँग पहिलो पटक खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छुट्टै पहितान बनाएको थियो।

यति धेरै उपलब्धि हासिल गर्दा पनि धेरै ठूलो मानिन स्पोर्ट्स अवार्डको लोकप्रिय विधामा कुनैपनि क्रिकेटर नपर्नुलाई मञ्चले क्रिकेटलाई उपेक्षा गरिएको अर्थमा विश्लेषण गरिएको छ।