ए डिभिजन फुटसल लिग : ढुकुमाथि स्पोर्ट्स क्यासलको पुनरागमन जित, रोकियो फुटसल फाइभ धरान

पहिलो संस्करणको ए डिभिजन फुटसल लिगको छैठौं दिन ३ खेल भए । तीन खेल मध्ये २ खेलमा स्पष्ट नतिजा निस्कँदा एक खेल बराबरीमा सकियो ।

बिहीबार भएको ढुकु फुटलस र स्पोर्ट्स क्यासलबीचको अन्तिम खेलमा रोमाञ्चक रह्यो । घरेलु टोली पोखराले उपाधि दाबेदार काठमाडौंको ढुकु फुटसलमाथि ३ गोलले पछि परेको अवस्था उल्टाउँदै ५–२को जित निकाल्यो।

क्यासलमाथि ढुकुले पहिलो हाफमै ३ गोल गर्दै दबाब बनाएको थियो । तर, दोस्रो हाफमा क्यासलले उत्कृष्ट पुनरामगन गर्दै ५ गोल गर्दै जित निकाल्यो । क्यासलका लागि खिमराज गुरुङले २ गोल गरे भने दिपेश घले, सुमित श्रेष्ठ र योगेश गुरुङले १ गोल गरे । यता, ढुकुका विक्रान्त नरसिंह राणाले २ तथा उर्केन शेर्पाले १ गोल गरे।

यस्तै, अर्को खेलमा सविन मेमोरियल एफसीले मच्छिन्द्र स्काइ गोल्समाथि ३–२को जित निकाल्यो। सविन मेमोरियलका मनोज गुरुङले २ गोल गर्दा वरदान लामाले १ गोल गरे भने स्काइ गोल्सका लागि दुवै गोल आशिष संगमले गरे।

अर्को खेलमा स्पोर्ट्स फाइभ धरान लुम्बिनी फुटसलसँग गोलरहित बराबरीमा रोकिएको छ।

Facebook Comments Box