द राइजिङ क्लब धरानलाई हराउँदै स्पोर्ट्स क्यासल फाइनलमा

पोखरेली क्लब स्पोर्ट्स क्यासल क्लब ए डिजिन लिग राष्ट्रिय फुटसल लिगको फाइनलमा प्रवेश गरेको छ। बुधबार पोखरा कभर्ड हलमा भएको क्वालिफायर १मा धराने क्लब द राइजिङ क्लबलाई ८–६ले पराजित गर्दै स्पोर्ट्स क्यासल फाइनलमा पुगेको हो।

स्पोर्ट्स क्यासल लिगको शीर्ष स्थानमा र द राइजिङ दोस्रो स्थानमा रहँदै क्वालिफायर १मा प्रवेश गरेका थिए । क्वालिफायरमा पराजित भएपनि द राइजिङ क्लबले फाइनल प्रवेशका लागि अर्को मौका पाउने छ। उसले दोस्रो क्वालिफायर २मा संखमुल फुटसल र सविन मेमोरियलबीचको विजेतासँग खेल्ने छ।

अन्तिम ७ खेलमा ४ गोल गर्दै स्पोर्ट्स क्यासलले फाइनलमा स्थान सुरक्षित ग¥यो । ७ मिनेटको खेल बाँकी छँदा द राइजिङ क्लब ६–४ले अघि थियो । उसले अन्तिम २ मिनेटमा २ गोल गरेको थियो।

रोमाञ्चक खेलमा स्पोर्ट्स क्यासललाई जित दिलाउन किशोर गुरुङ र सुमित श्रेष्ठले ह्याट्रिक गोल गरे । सुरज गुरुङ र विजय गुरुङले एक एक गोल गरे । यता, द राइजिङका हेमन्त थापामगर, सुदिप गुरुङ र मिलन राईले दुई दुई गोल गरे ।

Facebook Comments Box