राखेपको उपाध्यक्ष पिताम्बर तिम्सिनाले लिए सपथ

राष्ट्रिय खेलकुद परिषद (राखेप)का नवनियुक्त उपाध्यक्ष पिताम्बर तिम्सिनाले पद तथा गोपनियताको सपथ लिएका छन् । तिम्सिनाले बुधबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकमाबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।

खेलकुद विकास ऐन ०४८ बमोजिम सदस्य पदमा बहाल रहने अवधिभरका लागि युवा तथा खेलकुद मन्त्रालयले तिम्सिनालाई उपाध्यक्षमा नियुक्त गरेको थियो । राखेप उपाध्यक्षमा तिम्सिनाको यो दोस्रो कार्यकाल हो । यसअघि यसअघि तिम्सिना ०६६ मा राखेप पहिलोपटक उपाध्यक्ष बनेका थिए ।

सपथपछि तिम्सिनाले यसपटक सरकार, खेलकुदमन्त्री तथा सदस्य–सचिव एकै पार्टीका हुनाले काम गर्न निकै सहज हुने तिम्सिनाले बताएका छन् । ‘पहिले सदस्य–सचिव, मन्त्री तथा सरकार चलाउने व्यक्ति फरक–फरक पार्टीका हुन्थे, तर यसपटक सबै एकै पार्टीका छन्,’ उनले भने ।

उपाध्यक्ष तिम्सिनाले अबका ४ वर्ष खेलकुदमा आफ्नो अनुभव प्रयोग गर्ने बताएका छन् । उनले खेल क्षेत्रबाट केही समयका लागि विश्राम लिएको जनाएका छन् । ‘म केही समयका लागि मात्र खेल क्षेत्रबाट टाढिएको हुँ, यसलाई रेस्ट पनि भन्न सकिन्छ,’ उनले भने ।

पद तथा गोपनियताको सपथ लिएपछि उपाध्यक्ष तिम्सिनाले खेलकुद क्षेत्रमा परिवर्तन आवश्यक भएको बताए । उनले पुरानै ढर्राले खेलकुद क्षेत्र अगाडि बढ्न नसक्ने बताउँदै खेलकुदबाट नतिजा प्राप्त गर्न सबै क्षेत्रमा परिवर्तन आवश्यक रहेको पनि बताएका छन् ।

यसैगरी राजेश गुरुङ र इन्दिरा निरौला पनि राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा नियुक्त भएका छन् । उनीहरुले पनि आजै पद तथा गोपनियताको सपथ लिएका छन् । कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले तिम्सिना, गुरुङ र निरौलालाई राखेपको रिक्त रहेको सदस्य पदमा मनोनित गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP