प्रदेशस्तरीय खेलकुद अभिमुखीकरण कार्यक्रम सुरु

Read Time:1 Minute

खेलकुद अभिमुखीकरण कार्यक्रम बुधबारदेखि सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा अभिमूखिकरण कार्यक्रम सुरु भएको हो।

बागमती प्रदेशस्तरीय कार्यक्रमको उद्घाटन युवा तथा खेलकुद मन्त्री दावा तामाङले एक कार्यक्रमबीच गरेका थिए । कार्यक्रममा खेलाडी, प्रशिक्षक, बागमती प्रदेश अन्तर्गत जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुखलगायतको सहभागिता थियो ।

दुईदिने कार्यक्रमको पहिलो दिन राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले स्पोर्ट्स म्यानेजमेन्ट, डा. सुरेनबहादुर कार्कीले योगा र नेचुरोप्याथी, डा. ज्ञानेन्द्रविक्रम शाहले स्पोर्ट्स मेडिसिन र रिता प्रजापतिले जेन्डर इक्विटी इन स्पोर्ट्स सोसियोलोजी बारेमा सहभागीलाई बताएका थिए । दोश्रो दिन पनि विज्ञहरुले सहभागीलाई विभिन्न विषयमा जानकारी गराउने छन् ।

यसअघि कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बाँकी दुई प्रदेशमा पनि उक्त कार्यक्रम हुने छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

17 thoughts on “प्रदेशस्तरीय खेलकुद अभिमुखीकरण कार्यक्रम सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post एट्लेटिकोका विंगर फेलिक्सलाई कोरोना संक्रमण
Next post सन्दीपले द हन्ड्रेड खेल्ने
Close