°
, June 7, 2023 in
आइपिएलक्रिकेटसमाचार

हारेको खेलमा हैदरावादको जित, प्लेअफ सम्भाना कायमै

SHARE:

आईपिएलमा सनराइजर्स हैदरावादले हारेको खेल जितेको छ। आइतबार भएको खेलमा हैदरावादले राजस्थान रोयल्समाथि ४ विकेटको जित निकाल्यो।

२१५ रनको विशाल लक्ष्य पछ्याएको हैदरावादलाई अन्तिम बलमा जितका लागि ५ रन चाहिएको थियो। स्ट्राइकमा थिए, युवा ब्याट्सम्यान अब्दुल समद। सन्दीप शर्माले योकर बल फ्याले । समदको ब्याटमा बल त कनेक्ट भयो, तर बल बाउन्ड्रीसम्म पुग्न सकेन्। समद निरास हुँदै एक रन पनि लिएन्।

राजस्थानका खेलाडी खुशीयाली मनाउन थाले। हैदरावादको डकआउट पनि निरास भएको थियो। तर, अम्पायरले नो बलको इशारा गरे। त्यही सबै ठीक उल्डो भयो, राजस्थानका खेलाडी निरास बने भने हैदरावादको टिमम खुसी छायो।

पुनर्जिवन पाएको हैदरावादलाई जितका लागि अब चार रन चाहियो । समदले छक्का प्रहार गर्दै टिमलाई जित दिलाए।

यो जितले हैदरावादको प्लेअफ सम्भावना कायमै राखेको छ। पराजित भएको भए प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बन्ने थिाये हैदरावाद। हैदरावाद ८ अंकसहित रनरेटमा दिल्ली क्यापिटल्सलाई पछि पार्दै नवौं स्थानमा उक्लिएको छ। राजस्थान १० अंकसहति चौथो स्थानमा छ।

हैदरावादका लागि अभिषेक शर्माले अर्धशतकीय पारी खेले । ३४ बल सामना गरेका उनले ५ चौका र दुई छक्काको मद्दतमा ५५ रन बनाए । राहुल त्रिपाठीले ४७ रन योगदान गरे ।

यस्तै, अनमोलप्रित सिंह ३३ रन बनाए बनाउँदा हेनरिच क्लासनले १२ बलमा २६, ग्लेन फिलिप्सले ७ बलमा २५ रन बनाउँदा अब्दुल समदले ७ बलमा १७ रन बनाए। राजस्थानका बलिङतर्फ युजवेन्द्र चहलले २९ रन खर्चेर ४ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २१४ रन बनाएको थियो । उसका लागि जस बटलरले सर्वाधिक ९५ रन बनाए । ५९ बल सामना गरेका उनले १० चौका र ४ छक्का प्रहार गरेका थिए ।

यस्तै सन्जु सामसनले नटआउट ६६ रन बनाए । उनले ३८ बल सामना गर्ने क्रममा ४ चौका र ५ छक्का प्रहार गरेका थिए । त्यसअघि यशस्वी जयशवालले १८ बलमा ३५ रन बनाएका थिए ।

बलिङतर्फ हैदरावादका भुवनेश्वर कुमार र मार्को जेनसनले एक–एक विकेट लिए । तर उनीहरु महँगा सावित भए । भुनवेश्वर कुमार र जेनसन दुवैले समान चार ओभरमा ४४ रन खर्चिएका थिए।

SHARE: