°
, June 1, 2023 in

फिफाले लगायो श्रीलंकामाथि प्रतिबन्ध

SHARE:

विश्व फुटबल महासंघ (फिफा)ले श्रीलंका फुटबल संघ (एफएफएसएल)लाई प्रतिबन्ध लगाएको छ। एफएफएसएलको निर्वाचनमा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले श्रीलंकामाथि प्रतिबन्ध लगाएको छ।

यो प्रतिबन्धसँगै एफएफएसएलका प्रतिनिधि, क्लबले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छैनन्। त्यस्तै फिफाको सदस्य राष्ट्रका रूपमा पाउने फिफा वा एसियाली फुटबल महासंघ (एएफसी) विकास कार्यक्रम, विभिन्न कोर्ष र प्रशिक्षणबाट पनि एफएफएसएल वञ्चित रहने छ।

‘२१ जनवरी २०२३ मा फिफा काउन्सिल ब्युरोले लिएको निर्णयअनुसार श्रीलंका फुटबललाई फिफा विधानको धारा १६ अनुसार अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरिएको छ,’ फिफाले जारी गरेको सूचनामा भनिएको छ।

फिफा, एएफसी र देशको खेलकुद मन्त्रालयको निर्देशनलाई अवज्ञा गर्दै श्रीलंका फुटबल महासंघले आवधिक निर्वाचन गर्न नसक्नुका साथै संस्थालाई गति दिन सकेको थिएन्।

यसैबीच फिफाले सर्तहरू पूरा भएको खण्डमा ब्युरो अफ फिफा काउन्सिल वा फिफा काउन्सिलले फिफाको अर्को कंग्रेसअघि कुनै पनि बेला निलम्बन फुकुवा गर्न सक्ने जनाएको छ।

SHARE: