क्यारेबियन प्रिमियर लिगमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानको टिम जमैका तलावास लिगको अन्तिम खेल पनि पराजित भएको छ । आइतबार राति भएको लिगको अन्तिम खेलमा जमैका सेन्ट लुसिया जुक्ससँग ११ रनले पराजित भएको हो ।
लिगको अन्तिम खेलमा पराजित भएपनि जमैका यसअघि नै प्रतियोगिताको सेमिफाइलनमा पुगिसकेको थियो । लिग चरणको १० खेलमा जमैकाले ३ जित र ६ हारको सामाना ग¥यो । एक खेल भने वर्षाका कारण रद्द भएको थियो । उ सात अंकसहित चौथो हुँदै सेमिफाइलन पुगेको हो । अब सेमिफाइलनमा जमैकाले लिगमा अपराजित रहँदै फाइलन पुगेको ट्रिनबागो नाइटराइडर्ससँग खेल्ने छ । अर्को सेमिफाइनलम सेन्ट लुसिया जुक्स र गुयाना अमेजोन वारियर्स भिड्ने छन् ।
अन्तिम खेलमा जमैका पराजित भएपनि सन्दीपले भने उत्कृष्ट बलिङ गरे । सेन्ट लुसिया जुक्सविरुद्ध सन्दीपले ४ ओभमार १ मेडनसहित २० रन खर्चेर १ विकेट लिए । प्रतियोगितामा सन्दीपले १० खेलमा १२ विकेट लिएका छन् र सर्वाधिक विकेट लिनेको सूतिमा पाचौं स्थानमा छन् ।
सोमबार बिहान भएको खेलमा पहिला ब्याटिङ गर्दै जुक्सले दिएको १४६ रनको लक्ष्य पछ्याएको जमैकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो । जमैकाका लागि ग्लेन फिलिप्सले ४९ तथा जर्मेन ब्ल्याकउड र निकोलस किर्तनले समान २५ रन बनाए । जुक्सका लागि जाहिर खान र जेभिले ग्लेनले ३–३ विकेट लिए ।
टस जितेर पहिला ब्याटिङ गरेको जुक्सले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १४५ रन बनाएको थियो । उसका लागि नजिबुल्लाह जद्रानले सर्वाधिक ३५ रन बनाए भने रकिम कर्नवेल र रोस्टन चेसले ३२–३२ रन बनाए । जमैकाका मुजिव उर रहेमानले २ तथा सन्दीप, फिडेल एडवार्ड्स, विरास्वामी परमुल र कार्लोस ब्रेथवेइटले समान १ विकेट लिए ।