सुनील क्षेत्रीको कप्तानीमा भातरीय टिम घोषणा, सोमबार नेपाल आउने

नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतले सुनील क्षेत्रीको कप्तानीमा टिम घोषणा गरेको छ। मुख्य प्रशिक्षक इगोर स्टिमाकले शुक्रबार सुनील क्षेत्रीको कप्तानीमा २५ सदस्यीय टोली घोषणा गरेका हुन् ।

मैत्रीपूर्ण खेलका लागि भारतीय टिम सोमबार नेपाल आउने बताइएको छ। आसन्न साफ च्याम्पियनसिपको तयारीका भएको नेपाल र भारतबीचको खेल भदौ १७ र २० गते दशरथ रंगशालामा हुनेछ।

यस्तो छ नेपाल आउने भारतीय टिम

सुनिल क्षेत्री, गुरप्रीत सिंह सन्धु, मन्दर राव देसाई, अमरिन्द्र सिंह, प्रितम कोटल, अनिरुध थापा, साहल अब्दुल समाद, चिङलेसाना सिंह कुसुम, आकाश मिश्रा, राहुल भेके, सुबासिस बोस, मनवीर सिंह, रहिम अली, सिरिटो फर्नान्डेज, धीरज सिंह मोइराङथेम, लालेङमावई, विपिन सिंह, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलासो, जेक्सन सिंह, प्रणय हाल्दर, यासिर मोहम्मद, ग्लान मार्टिन्स, सुरेशसिंह वाङजम, फारुख चौधरी।