शुबमन गिलले सानदार शतक प्रहार गरेको टि–२० सिरिजको अन्तिम खेलमा भारतले न्युजिल्यान्डमाथि कीर्तिमानी जित निकाल्यो । टि–२० इतिहासको सबैभन्दा फाराकिलो अन्तरको जित निकाल्ने क्रममा भारतले अहमदावादमा न्युजिल्यान्डलाई १६८ रनले हरायो।
यसअघि यो कीर्तिमान भारतकै नाममा थियो । उसले सन् २०१८ मा आयरल्यान्डलाई १४३ रनले हराएको थियो ।
अमदावादमा भएको खेलमा भारतले दिएको भारतले २३५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १२.१ ओभरमा ६६ रनमै अलआउट भयो। उसका तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा स्कोर बनाउन सकेन । डार्यल मिचेलले ३५ र मिचेल सान्टनरले १३ रन बनाए।
न्युजिल्यान्डलाई सस्तैमा समेट्ने क्रममा कप्तान हार्दिक पाण्ड्याले ४ विकेट लिए । उनले ४ ओभरमा १६ रन खर्चिए । यस्तै अर्शदीप सिंह, उमरान मलिक र शिवम मावीले समान २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको भारतले शुबमन गिलको सानदार शतक मद्दतमा ४ विकेटको क्षतिमा २३४ रन बनायो । पछिल्लो समय उत्कृष्ट लयमा रहेका गिलले ६३ बलमा १२ चौका र ७ छक्का प्रहार गर्दै १२६ रन बनाए । यो गिलका लागि टि–२० अन्तर्राष्ट्रियको पहिलो शतक हो। उनले क्रिकेटका तीनै फर्म्याटमा शतक प्रहार गरेका छन्।
यस्तै राहुल त्रिपाठीले २२ बलमा ४४ र कप्तान हार्दिक पाण्ड्याले १७ बलमा ३० रन जोडे । न्युजिल्यान्डका बलायर टिन्कर, मिचेल ब्रेसवेल, इश सोधी र डार्यल मिचेलले समान १ विकेट लिए।
यो जितसँगै भारतले ३ खेलको टि–२० सिरिज २–१ले जितेको छ। पहिलो खेल न्युजिल्यान्डले २१ रनले जितेको थियो भने दोस्रो खेल भारतले ६ विकेटले जितेको थियो।