नेपालका सुदीपराज गौतम विश्व र्‍याफ्टिङ महासंघको सदस्यमा चयन

नेपाल र्र्‍याफ्टिङ तथा क्यानोइङ संघका महासचिव सुदीपराज गौतम विश्व र्‍याफ्टिङ महासंघको बोर्ड सदस्यमा चयन भएका छन्। महासंघको चुनावी साधारण सभाले चार वर्ष (२०२१ – २०२४)का लागि एशियन कन्टिनेन्टको कोटाबाट गौतमलाई बोर्ड सदस्यमा चयन गरेको हो ।

महासंघको बोर्ड सदस्यमा चयन हुने गौतम पहिलो नेपाली हुन् । फ्रान्समा आयोजना भएको विश्व र्‍याफ्टिङ्ग च्याम्पियनसिपका दौरान भएको साधारण सभाले महासंघको अध्यक्षमा इटालीका बारमाज डानिलोलाई दोश्रो कार्यकालको लागि पुनः अध्यक्षमा चयन गरेको थियो ।

नेपालमा र्‍याफ्टिङमै आफ्नो जीवन व्यतित गरेका गौतम र्‍याफ्टिङ खेलको विकास र विस्तारमा अहोरात्र लाग्दै आइरहेका छन् । गौतम र्‍याफ्टिङ तथा क्यानोइङ संघको संस्थापक सदस्य समेत हुन् ।

Facebook Comments Box