रोनाल्डोविनाको युभेन्टस पराजित

सुपरस्टार क्रिस्टियानो रोनाल्डोले क्लब छोडेपछिको पहिलो खेलमा युभेन्टस पराजित भएको छ। रोनाल्डो पूर्वक्बल म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भएपछिको पहिलो खेलमा युभेन्ट्सले हार व्यहोरेको हो।

शनिबार राति भएको खेलमा युभेन्ट्स एम्पोलीसँग १–० गोल अन्तरले पराजित भयो। सिरि ए लिगमा आफ्नो दोस्रो खेलमा एम्पोलीको लागि निर्णायक गोल लिओनार्दो मानकुसोले गरे । उनले २१‌ मिनेटमा गरेको गोल नै टोलीको लागि तीन अंक दिलाउन पर्याप्त रह्यो ।

यस अघि पहिलो खेलमा समेत युभेन्ट्स उडिनेससँग २–२ गोलको बराबरी गर्दै अंक बाँडेको थियो । पाउलो डिबलाको कप्तानीमा रहेको युभेन्ट्स २ खेलबाट १ अंक सहित तालिकाको १३ औं स्थानमा छ । यस्तै, एम्पोली भने २ खेलबाट ३ अंक सहित ११ औं स्थानमा छ ।