मिडफिल्डर सुजल श्रेष्ठले राष्ट्रिय टिमबाट सन्न्यासको घोषणा गरेका छन्। सुजलले बुधबार सामाजिक सञ्जालमार्फ ११ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल करिअर टुंग्ल्याउने घोषणा गरेका हुन्।
सुजलले लामो नेपाली टिमको जर्सी लगाउन पाउनु आफ्ना लागि ठूलो सम्मान भएको बताएका छन्। ११ वर्ष देशको झन्डा छातीमा बोकेर मैदानमा उत्रने पाउँदा निकै गर्विलो महसुस गरेको सुजलले उल्लेख गरेका छन्।
‘यति लामो समयसम्म राष्ट्रिय टिमको जर्सी लगाउन पाउनु मेरो लागि ठूलो सम्मान थियो । मैले यसलाई गर्व र जोशका साथ निर्वाह गरेँ,’ उनले लेखेका छन्, ‘अहिले राष्ट्रिय टोलीमा रहेका र अन्य भाइहरू धेरै क्षमतावान छन्। र, म विस्वस्त छु कि भाइहरूले देशको झन्डा झुक्न दिने छैनन्।’
३१ वर्षीय सुजलले सन्न्यासको घोाषणा गर्दै सम्पूर्ण सुभचिन्तक, समर्थक र नेपाली फुटबल प्रेमीहरूलाई आफूलाई दिएको साथ सहयोग र हौसलाका लागि धन्यवाद दिएका छन्। राष्ट्रिय टिममा दशक बढी बिताउँदा केही खुशी, केही दुःखका तीता मिठा क्षण आत्मसाथ गर्न पाएको उनले उल्लेख गरेका छन्।
दशरथ रंगशालामा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटलब प्रतियोगितामा नेपाली टिममै रहेका सुजलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने यो उपयुक्त समय भएको बताएका छन्।
सुजलको सन्न्याससँगै राष्ट्रिय उनको पुस्ताका किरणकुमार लिम्बू, रोहित चन्द र भरत खवासमात्र रहेका छन्। ्
सन् २०११ मा पोखरा भएको भुटानविरुद्धको मैत्रीपूर्ण खेल मार्फत सुजलले राष्ट्रिय टिममा डेब्यू गरेका थिए । त्यसयता उनले नेपालका लागि ३७ खेल खेल्दै ३ गोल गरेका छन्।