सुजलले गरे मच्छिन्द्रसँग सम्झौता नवीकरण

नेपाली राष्ट्रिय टिमका भेट्रान मिडफिल्डर सुजल श्रेष्ठ यो सिजन पनि मच्छिन्द्रमै रहने भएका छन् । सुजलले मंगलबार सम्झौता नवीरकण गरेपछि यो सिजन पनि उनी मच्छिन्द्रसँगमै रहने पक्का भएको हो।

अघिल्लो सिजन मच्छिन्द्रलाई लिग च्याम्पियन बनाउन सुजलको भूमिका महत्वपूर्ण थियो। सोहीका कारण मच्छिन्द्रले उनीसँग सम्झौता नवीकरण गरेको हो।

कात्तिक २९ बाट सुरु हुने ए डिभिजन लिगका लागि मच्छिन्द्रले अधिकांश पुराना खेलाडीसँग सम्झौता नवीकरण गर्ने योजना बनाएको छ । उसले नयाँ सिजनका लागि युवा स्ट्राइकर मनिष डाँगी र राष्ट्रिय टिमका सुनिल बललाई समेत अनुबन्धन गरेको छ।