सुजलले एनएसएल नखेल्ने, पोखराले रविलाई भित्र्यायो

नेपाली राष्ट्रिष्य टिमका मिडफिल्डर सुजल श्रेष्ठले पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) नखेल्ने भएका छन्। दुई साताअघि भएको नेपाल, बंगलादेश र कीर्गिस्तान सम्मिलित त्रिदेशी कपका क्रममा घाइते भएपछि सुजलले नेपाल सुपर लिग नखेल्ने भएका हुन् ।

वैशाख ११ देखि २५ गतेसम्म हुने एनएसएलका लागि पोखरा थन्डर्सले सुजललाई अक्नसबाट २ लाख रुपैयाँमा किनेको थियो । त्रिदेशीय कप खेल्ने क्रममा सुजलको पुरानै चोट बल्झिएपछि उनले एनएसएल गुमाउने भएका हुन्।

नवयुग श्रेष्ठ मार्की खेलाडी रहेको पोखराले सुजलको स्थानमा रवि पासवानलाई अनुबन्ध गरेको छ । एनएसएलको अक्सनमा रविलाई कुनै क्लबले अनुबन्धन गरेका थिएनन्।

खेल नखेले पनि सुजल पोखराको टिमसँगै हुनेछन् । सुजलले खेल्न सक्ने भएपनि उनलाई पोखराले म्याजरका रुपमा टिमसँगै राख्ने भएकाे हाे। यस्तै पोखराले घाइते सुशील राईको स्थानमा विशोन गुरुङलाई अनुबन्धन गरेको छ ।

नवीन न्यौपाने मुख्य प्रशिक्षक रहेको पोखराले डिफेन्डेर केट्चा वान्निक, मिडफिल्डर बिदिस रिम राफाइल र स्ट्राइकर मौसा अबागानालाई अनुबन्धन गरेको छ । एनएसएलका प्रत्येक टिमले ३ विदेशी खेलाडी अनुबन्धन गर्न पाउने छन्।

दशरथ रंगशालामा हुने एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, एफसी चितवन, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा नेपाल स्पोटर्स एण्ड म्यानेजमेन्टले आयोजना गर्न लागेको प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा हुने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.