°
, June 7, 2023 in

सुनिल बल लिगका सर्वोत्कृष्ट खेलाडी

SHARE:

नेपाली राष्ट्रिय टिमका विंगर सुनिल बल सहिद स्मारक ए डिभिजन लिगको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । मछिन्द्रलाई लगतार दोस्रो लिग च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका सुनिल सर्वोत्कृष्ट खेलाडी बनेका हुन्।

सुनिलले उपाधिका लागि निर्णायक मानिएको बलियो मनाङ मर्स्याङ्दीविरुद्ध अन्तिम समयमा उत्कृष्ट फ्रिकिक गोल गरेका थिए । उनी यसै सिजन च्यसल युथ क्लबबाट मछिन्द्र आएका हुन्। उनले ३ लाख रुपैयाँ प्राप्त गरे।

यस्तै, फेन्ड्स क्लबका विदेशी खेलाडी जमउल एन्थोनीले गोल्डेन बुट जितेका छन् । लिगमा सर्वाधिक ७ गोल गरेका उनले गोल्डेन बलसँगै २ लाख रुपैयाँ नगद पनि प्राप्त गरे।

जारी लिगमा २ गोल मात्र आएका च्याम्पियन मछिन्द्रका विशाल श्रेष्ठले गोल्डेन ग्लोब प्राप्त गरे । लगतार ४ सिजन लिग उपािध जितेका उनले यो सिजन ११ खेलमा क्लिनसिट राखेको थिए । उनले पनि २ लाख रुपैयाँ प्राप्त गरे ।

यसैगरी आर्मीका दिनेश हेम्जन इमर्जिङ प्लेयर बने । उनले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । ए डिभिजन लिगमा बढुवा भएको पहिलो सिजन नै चौथो स्थानमा रहन सफल सातदोबाटो युथ क्लबले फेयर प्ले अवार्ड जित्यो ।

SHARE: