°
, June 1, 2023 in

सन्दीप प्रकरणमा सर्वोच्चले मगायो जिल्ला र उच्च अदालतबाट कागजात

SHARE:

बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राख्न माग गरिएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उच्च अदालत र जिल्ला अदालतबाट कागजात मगाएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले तल्लो अदालतको निर्णय प्रतिवेदन झिकाएको हो । नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोप लागेका क्रिकेटर लामिछानेलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले हिजो सर्वोच्चमा निवेदन दर्ता गराएको थियो ।

लामिछानेमाथि गत भदौ ५ गते जबरजस्ती करणीको अभियोग लागेको थियो । काठमाडौं जिल्ला अदालतले कात्तिक १८ मा थुनामा पठाएका लामिछानेलाई पाटन उच्च अदालतले गत पुस २८ मा २० लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न गरेको आदेशलाई महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा चुनौती दिएको हो ।

धरौटीमा रिहा भएका सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवा गर्दै राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सामावेश गरेको छ । सन्दीपले आजबाट औपचारिक प्रशिक्षण थालेका छन्।

SHARE: