क्रिकेटक्रिक्रेट लिगसमाचार

सन्दीपको टिम सर्रे फाइनलमा, सन्दीप लिए विकेट

क्यानडामा जारी ग्लोब टि–२० लिगमा नेपाली क्रिकेटर सन्दीप लामिछानेको टिम सर्रे जागुर्स फाइनलमा प्रवेश गरेको छ।

शनिबार राति भएको क्वालिफायर १मा भ्यानकुभर नाइट्सलाई ३८ रनले हरउँदै सर्रे फाइनलमा पुगेको हो। लिगमा सुर्रे पहिलो र भ्यानकुभर दोस्रो हुँदै क्वालिफायर पुगेका थिए।

पहिला ब्याटिङ गर्दै सुर्रेले दिएको १४० रनको लक्ष्य पछ्याएको भ्यानकुभर १६.४ओभरमा १०१ रनमै अलआउट भयो। उसका लागि फाबियन एलेनले सर्वाधिक २७ रन बनाए। उनले २० बलमा समान २ चौका र छक्का प्रहार गरे।

यस्तै, नाजिबुल्लाह जद्रानले १५, कोर्निन बोसले १२ र रुबेन ट्रुमपेलमनले ११ रन बनाउनु बाहेक अन्यले दनोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

भ्यानकुभरलाई सस्तैमा समेट्ने क्रममा म्याथु फोर्डले २.४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए। यस्तै, स्पेन्सर जोन्सन, अम्मर आलिद र आयन खानले पनि समान १ विकेट लिए।

यस्तै नेपाली सुपरस्टार सन्दीप लामिछानेले पनि १ विकेट लिए। उनले ३ ओभरमा १५ रन खर्चिए। सन्दीपले जारी प्रतियोगितामा ११ विकेट लिएका छन्।

अब सर्रेले उपाधिका लागि मोन्ट्रेल टाइगर्स र भ्यानकुभरबीचको विजेतासँग खेल्ने छ। फाइनल आइतबार हुनेछ।