सूर्य नेपाल गल्फ टुरको १५औं संस्करण मंगलबारबाट, ४ गल्फ कोर्षमा ८ प्रतियोगिता

प्रतिष्ठित सूर्य नेपाल गल्फ टुरको १५औं संस्करण आगमी मंगलबारबाट सुरु हुने भएको छ । टुरअन्तर्गत मंगलबारबाट सूर्य नेपाल काठमाडौं ओपन गल्फ हुने छ। प्रतियोगिता रोयल नेपाल गल्फ कोर्ष एयरपोर्टमा हुनेछ।

प्रोफेशसन गल्फर संघ, नेपालको प्रत्येक वर्ष आयोजना हुने प्रतियोगितामा नेपाल चार गल्फ कोर्षमा ८ वटा प्रतियोगिता सञ्चालन हुनेछन्। सूर्य नेपाल गल्फ टुर रोयल नेपाल गल्फ कोर्ष, धरान गल्फ रिसोर्ट, गोकर्ण गल्फ कोर्ष र पोखरा गल्फ कोर्षमा आयोजनामा योजना हुने्छ।

टुरको सिजनको कुल पुरस्कार राशी ६१ लाख ५० हजार रुपैयाँ रहेको नेपाल प्रोफेशनल्स गल्फर संघका महासचिव दीपक आचार्यले जानकारी दिए । उनका अनुसार पुरस्कार रकम हरेक वर्ष ५ प्रतिशतका दरले बढ्ने छ।

मंगलबारदेखि चार दिनसम्म रोयल नेपाल गल्फ कोर्षमा हुने काठमाडौं ओपनमा ३१ जना व्यावसायिक र ५ जना एमेच्योर खेलाडीको सहभागिता रहनेछ प्रतियोगिताका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेनमा जानकारी दिइयो।

७२ होलमा खेलाइने प्रतियोगितामा ३६ होलपछि कट हुने र कटबाट आएका २१ जना खेलाडीले पूरा चरण खेल्ने महासचिव आचार्यले बताए । उपाधि विजेताले १ लाख १६ हजार, उपविजेताले ७४ हजार र तेस्रो हुनेले ६३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

काठमाडौं ओपनपछि सूर्य नेपाल इस्टर्न ओपन आयोजना हुनेछ। उक्त प्रतियोगिता धरान गल्फ रिसोर्टमा डिसेम्बर २१ देखि २४ सम्म अयोजना हुने आयोजक गल्फर संघले जनाएको छ।

सूर्य नेपाल सेन्ट्रल ओपन प्रतियोगिता काठमाडौंको गोकर्ण गल्फ कोर्षमा सन् २०२३ को जनवरी १६ देखि १९ सम्म हुनेछ भने सूर्य नेपाल एनपीजीए म्याच प्ले प्रतियोगिता रोयल नेपाल गल्फ कोर्षमा फेब्रुअरी १ देखि ३ सम्म हुनेछ।

यस्तै, सूर्य नेपाल वेस्ट्रन ओपन पोखरा गल्फ कोर्षमा फेब्रुअरी २२ देखि २५ सम्म हुनेछ भने सूर्य नेपाल च्यालेन्ज गल्फ मार्च १४ देखि १७ सम्म रोयल नेपाल गल्फ कोर्षमा आयोजना हुनेछ । सिजनको सातौं प्रतियोगिताका रुपमा सूर्य नेपाल एनपीजीए टूर च्याम्पियनसिप रहनेछ। यो प्रतियोगिता अप्रिल १८ देखि २१ सम्म गोकर्ण गल्फ कोर्षमा हुनेछ ।

सिरिजनको अन्तिम प्रतियोगिताका रुपमा सूर्य नेपाल प्रिमियर च्याम्पियनसिप रहनेछ। टुरको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा रहेको प्रिमियर च्याम्पियनसिप मे ८ देखि १२सम्म गोकर्ण गल्फ कोर्षमा हुने बताइएको छ।

यस संस्करणमा साविक विजेता शुक्रबहादुर तामाङ, धन थापा, रवि खड्का, सञ्जय लामालगायतले प्रतिस्पर्धा गर्नेछन्।