
सूर्य नेपाल इस्टर्न ओपन गल्फ मंगलबारदेखि
Read Time:1 Minute
सूर्य नेपाल गल्फ टूरको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन मंगलबारदेखि सुरु हुने भएको छ। प्रोफेसनल गल्फर्स एशोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रालीको प्रायोजनमा हुने प्रतियोगिता धरान गल्फ क्लबमा हुनेछ।
प्रतियोगितामा सूर्य नेपाल काठमाडौं ओपनका विजेता भुवन नगरकोटीसहित व्यवसायिक खेलाडीहरु शुक्र बहादर राई, जयराम श्रेष्ठ, मनी राई, सन्जय लामा, धन थापा लगायत खेलाडीहरु सहभागी हुनेछन्।
तीन दिन सम्म सञ्चालन हुने प्रतियोगिता ५४ होलमा खेलाइनेछ। प्रतियोगितामा ३५ जना व्यवसायिक खेलाडी सहभागी छन् । जसमध्ये ६ जना स्थानीय हुनेछन् । एमेच्योरतर्फ १५ जना खेलाडीको सहभागिता रहनेछ।
प्रतियोगिताको उपाधि विजेताले १ लाख ४० हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने उपविजेताले ९० हजार र तेस्रो हुनेले ६७ हजार पाउनेछन् । शीर्ष २१ भित्र पर्ने खेलाडीले पुरस्कार पाउनेछन् ।