सूर्य नेपाल वेस्टर्न ओपन गल्फमा सुवास शीर्षस्थानमा

Read Time:3 Minute

सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपन गल्फको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ शीर्षस्थानमा उक्लिएका छन्। उनले ४ अन्डर ६५ को सानदार कार्ड तयार पारेका छन्।

पोखरास्थित ६९ पारको हिमालयन गल्फ कोर्समा जारी प्रतियोगितामा ३६ होलको समाप्तीमा समग्रमा १ अन्डर १३७ स्कोर सहित सुवासले पहिलो दिनका लिडर भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पारे । भुवनले आज २ ओभर ७१ स्कोर गरे र समग्रमा इभन पार १३८ को कार्ड सहित दोस्रो स्थानमा झरे।

समग्रमा १ ओभर १३९ स्कोर सहित भेट्रान गल्फर राम मगर र सञ्जय लामा संयुक्तरुपमा तेस्रो स्थानमा छन् । रामले १ अन्डर ६८ र सञ्जयले इभन पार ६९ को कार्ड बनाए ।

नेपाल नम्बर एक शुक्रबहादुर राईले दलबहादुर लामासँग समग्रमा ४ ओभर १४२ सहित संयुक्तरुपमा पाँचौ स्थान बाँडे । शुक्रले इभन पार ६९ र दलले २ ओभर ७१ स्कोर गरे । समग्रमा ५ ओभर १४३ को नतिजामा जयराम श्रेष्ठ सातौं स्थानमा छन्। उनले आज १ अन्डर ६८ को स्कोर निकाले।

राष्ट्रिय टिमका खेलाडी सद्भाव आचार्यले ५ ओभर ७४ को खराब प्रदर्शन गर्दा समग्रमा ७ ओभर १ सय ४५ सहित आठौं स्थानमा तल झरे। एमेच्योरतर्फ भने उनी दोस्रो स्थानमा छन् ।

समग्रमा ८ ओभर १४६ को नतिजामा भुवनकुमार रोक्का, धनबहादुर थापा र एमेच्योर खेलाडी प्रज्वल थापा संयुक्तरुपमा नवौं स्थानमा छन् । ३६ होलको समाप्तीमा १६ ओभर १ सय ५४ सम्म स्कोर गरेका २१ प्रोफेसनल र ७ एमेच्योर खेलाडीले कट बनाएका छन् ।

५४ होलको प्रतियोगितामा ३१ व्यावसायिक र १४ एमेच्योर गरी कुल ४५ खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन् । प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा सञ्चालन भैरहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, उपविजेताले ९० हजार र तेस्रो हुने खेलाडीले ६७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

कुल आठ लाख नगद पुरस्कार रहेको प्रतियोगिताको शीर्ष २१ मा रहेने अन्य व्यावसायिक खेलाडीले पनि नगद पुरस्कार हात पार्नेछन्। शनिबार हुने प्रो(एमसँगै प्रतियोगिता सकिनेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post यू–१८ राष्ट्रिय महिला भलिबल : एभरेस्ट, धादिङ र ब्राइट फ्युचर सेमिफाइनलमा
Next post दुई ब्राजिलियन खेलाडी चम्किँदा बार्सिलोनामाथि युनाइटेडको पुनरागमन जित
Close