भारतीय ब्याट्सम्यान सूर्यकुमार यादव टि–२० क्रिकेटका सर्वोत्कृष्ट खेलाडी बनेका छन्। सन् २०२२ मा टि–२० क्रिकेटमा १ हजारभन्दा बढी रन बनाएका सूर्यकुमार यादवलाई आईसिसीले वर्षको उत्कृष्ठ खेलाडी घोषणा गरेको हो।
यस क्रममा यादवले पाकिस्तानका पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवान र जिम्बावेका सिकन्दर राजालाई पछि पारे।
सन् २०२१ मा भारतीय टिममा डेब्यू गरेका यादवले २ शतक र ९ अर्धशतक मद्दतमा सन् २०२२ मा कुल ११६४ रन बनाएका थिए। उनको स्ट्राइकरेट १८७.४३ छ।
सूर्यकुमार यदावले कीर्तिमानी ६८ छक्का प्रहार गरेका थिए। यो टि–२० क्रिकेटमा एकै वर्ष एउटा खेलाडी प्रहार गरेको सर्वाधिक छक्का हो । उनी अहिले टि–२० क्रिकेटका नम्बर एक ब्याट्सम्यान हुन्।
यस्तै टि–२० क्रिकेटकै महिलातर्फ ‘वेस्ट क्रिकेटर अफ द इयर’ को उपाधि अस्ट्रेलियाकी ताहलिया म्याकग्राले जितिन्।