सुुशन भारीले लिए ह्याट्रिकसहित ७ विकेट, इनरुवा ५६ रनमै अलआउट

नेपाली राष्ट्रिय टिमका वायाँ हाते स्पिनर सुशन भारीले उत्कृष्ट बलिङ गरेपछि विभागीय टिम त्रिभुवन आर्मी क्लब सुनसरी सदरमुकाम इनरुवामा जारी मनमोनहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितको सेमिफाइलनमा प्रवेश गरेको छ ।

सुशन भारीले ह्याट्रिकसहित ७ विकेट चट्काएपछि आर्मी आयोजक एमएमसिसी इनरुवालाई १० विकेटले हराउँदै समूह ए को विजेता बन्दै सेमिफाइनमा पुगेको हो । आर्मीले पहिलो खेलमा अर्को विभागीय टिम एपिएफलाई ११० रनले हराएको थियो ।

आर्मी सेमिफाइलन पुग्ने दोस्रो टिम हो । यसअघि समूह सीबाट प्रदेश ३ सेमिफाइलन पुगिसकेको थियो ।

सुशनले करिअरकै उत्कृष्ट बलिङ गरेपछि पहिला ब्याटिङ गरेको इनरुवा १९.३ ओभरमा ५६ रनमै अलआउट भएको थियो । उसका लागि उसका सुशान्त तिम्सिनाले १५ र सोनु मण्डले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । इनरुवाका ५ ब्याट्सम्यान डकआउट भएका थिए ।

इनरुवाको इनिङ धरासायी बनाउने क्रममा सुशनले ८.३ ओभरमा ३ मेडनसहित १६ रन खर्चेर ह्याट्रिकसहित ७ विकेट लिए । सुशनले आठौं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा विकेट लिँदै ह्याट्रिक लिएका थिए ।

उनले आठौं ओभरको दोस्रो बलमा सुशान्त तिम्सिनालाई कुशल मल्लबाट क्याच आउट गराएका थिए भने अल्फाज मन्सुरीलाई कट एण्ड बोल्ड गरेको थिए । यस्तै चौथो बलमा कप्तान सरोज बस्नेतलाई एलबीडब्लु आउट गर्दै आफ्नो ह्याट्रिक पुरा गरे । उनले सोही ओभरको अन्तिम बलमा राकेश सोनीलाई समेत बोल्ड गरेका थिए । सुशनका अलावा हरिबहादुर चौहानले २ विकेट लिए भने शाहब आलमको नाममा एक विकेट रह्यो ।

५७ रनको झिनो लक्ष्य आर्मीले ५ ओभरमा विनाक्षति भेट्टायो । उसका कुशल मल्ले ३५ रन बनाए भने हरिकृष्ण झाले २० रन बनाए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.