लिगका लागि हिमालयन शेर्पाले भित्र्यायाे सुशील र सुरेश

Read Time:1 Minute

मिडफिल्डर सुशील राईलाई हिमालयन शेर्पा क्लबमा आबद्ध भएका छन्। शेर्पा सुशीललाई आसन्न सहिद स्मारक ए डिभिजन लिगका लागि क्लबमा अनुबन्धन गरेको हो।

हिमालयन शेर्पाले सामाजिक संजालमार्फत मिडफिल्डर सुशीललाई अनुबन्धन गरेको जनाएको छ। हिमालयन शेर्पाले सुशीललाई सातदोबाटो युथ क्लबाट अनुबन्धन गरेकाे हो। सुशीलले थ्री स्टारबाट पनि लिग खेलेका छन्।

यस्तै, हिमालयन शेर्पाका स्ट्राइकर सुरेश कुमाललाई पनि अनुबन्धन गरेको छ।

लिगका लागि हिमालयन शेर्पाले मिडफिल्डर निशान लिम्बु, डिफेन्डर सञ्जय राजबाहक, सोनित दाहाल, खामिर गिल्सान र यदु सिलवाललाई अनुबन्ध गरेको छ।

डबल राउण्ड रोबिनको आधारमा हुने ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ।

Happy
Happy
52 %
Sad
Sad
5 %
Excited
Excited
5 %
Sleepy
Sleepy
0 %
Angry
Angry
5 %
Surprise
Surprise
33 %
Previous post यू–२० महिला साफ फाइनल : उच्च मनोबलसहित बंगलादेशसँग भिड्दै नेपाली टिम, जित्ला त उपाधि ?
Next post नयाँ बस्तीको मुख्य प्रशिक्षकमा दीपक भुसाल
Close