
फाइनल हारेर पनि सुष्माले दिलाइन नेपाललाई एतिहासिक पदक
बक्सर सुष्मा तामाङले नेपाललाई ऐतिहासिक पदक दिलाएकी छिन्। यू–२२ एसियन बक्सिङ च्याम्पियनसिपमा सुष्माले महिला ४८ केजी तौल समूहमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी हुन्।
फाइनल पुग्ने पहिलो नेपाली खेलाडी बनेकी सुष्मा फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित भएपछि ऐतिहासिक स्वर्ण जित्न असफल भएकी छिन्। तर, सुष्मा यो उपलब्धि नेपाली बक्सिङ इतिसासको सबैभन्दा ठूलो हो।
एसियन बक्सिङ कन्फिडरेसनको मान्यताप्राप्त प्रतियोगितामा नेपालले रजत जितेको यो पहिलोपल्ट हो ।
यसअघि उनले क्वाटरफाइनलमा भियातनामकी फाम थी किनहान र सेमिफाइनलमा मंगोलियाकी बाइसेनबाई जनरगुलीलाई पराजित गरी ऐतिहासिक रुपमा फाइनलमा पुगेकी थिइन् ।
थाइल्याण्डको बैंककमा भइरहेको प्रतियोगितामा फरक तौलसमूहका ३ पुरुष र ३ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालले प्रतियोगितामा एक रजत र ३ कास्य गरी ४ पदक जितेको छ।
नेपालका हुमा राई, त्रिशा जगेबु विजय बाटाले कांस्य पदक जितेका थिए।