थाइल्यान्डमा भएको एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक पदक दिलाउने बक्सर सुष्मा तामाङलाई सरकारले नगदसहित सम्मान गर्ने भएको छ ।
पहिलो पटक फाइनल पुग्दै ऐतिहासिक रजत पदक जितेकी सुष्मालाई नेपाल सरकारले ६ लाख रुपैयाँसहित सम्मान गर्ने भएको हो ।
सुष्माले महिला ४८ केजी तौल समूहमा सुष्माले रजत जितेकी हुन्। फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित भएपछि ऐतिहासिक स्वर्ण जित्नबाट बञ्चित भएकी थिइन्।
एसियन बक्सिङ कन्फिडरेसनको मान्यताप्राप्त प्रतियोगितामा नेपालले रजत जितेको यो पहिलोपल्ट हो ।
यस्तै मुख्य प्रशिक्षक दीपक महर्जनले १ लाख ८० हजार र प्रशिक्षक सन्दिप श्रेष्ठले ६० हजार पाउनेछन् भने संघले पनि १ लाख ८० हजार पाउनेछ।
यस्तै, सोही प्रतियोगितामा कास्य जितेका विजय बाटा, हेमा राई र त्रिशा जबेगुले समान ३ लाख पाउनेछन् । खेलाडीले कास्य जित्दा मुख्य प्रशिक्षक र संघले समान ९० हजार तथा प्रशिक्षकले ३० हजार पाउनेछन् ।