बक्सिङमा नेपाललाई ऐतिहासिक पदक दिलाउने सुष्मा सम्मानित

Read Time:1 Minute

थाइल्यान्डमा भएको एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी बक्सर सुष्मा तामाङ सम्मानित भएकी छिन्।

प्रतियोगितामा ४८ केजी तौल समूहमा रजत पदक जितेकी सुष्मालाई शिरिष फाउन्डेसनले आइतबार सम्मान गरेको हो। फाइनलमा सुष्मा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित भएकी थिइन् ।

फाउन्डेन्सले आइतबार एक कार्यक्रम गदैृ सुष्मालाई २५ हजार नगदसहित सम्मान गरेको हो।

फाउन्डेसनले सुष्मालाई प्रायोजन समेत गरेको छ । उदियमान खेलाडीहरुलाई हौशला र प्रेरणा प्रदान गर्न सहयोग पु¥याउने उद्देश्यले फाउन्डेसनले सुष्मालाई १ वर्षका लागि प्रायोजन गरेको हो ।

फाउन्डेसन पौडी खेलाडी शिरिष गुरुङको नाममा स्थापना गरिएको हो।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पोर्चुगिज डिफेन्डर पेड्रो पोरो टोटनहम आउने
Next post पूर्वराष्ट्रिय खेलाडी अनन्त थापा भने महिला टिमको मुख्य प्रशिक्षक
Close