सुस्मिताले सुटिङ विश्वकप खेल्ने

Read Time:1 Minute

नेपाली सुटिङ खेलाडी सुस्मिता नेपालले इन्डोनेसियाको जकार्तामा जनवरी २७ देखि फेब्रुअरी ८ सम्म आयोजना हुने आईएसएसएफ विश्वकप राइफलरपेस्तोलमा प्रतिस्पर्धा गर्ने भएकी छिन्।

ओलम्पिकको छात्रवृत्ति होल्डर सुस्मिताले महिलाको १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । सुस्मिताको प्रशिक्षकमा प्रदिप खाती छन् ।

उनीहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राजवैद्य तथा नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले बिदाइ गरे ।

प्रतियोगितामा सुस्मिताले राम्रो प्रदर्शन गर्ने विश्वास लिएको नेपाल सुटिङ संघले जनाएको छ । ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले प्रतियोगिता ओलम्पिक स्कलरसिपमा रहेका खेलाडीका लागि अनुभव बटुल्ने राम्रो अवसर हुने बताए।

Happy
Happy
67 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
33 %
Previous post नेसन्स लिगको सेमिफाइनलमा नेदरल्यान्ड्स र क्रोएसिया तथा इटाली र स्पेन भीड्ने
Next post रियल सोसिडाडलाई हराउँदै बार्सिालेना कोपा डेल रेको सेमिफाइनलमा, सेभिया बाहिरियाे
Close