ड्रेलसले जिते टोक्यो ओलम्पिकमा पाँचौं स्वर्ण

अमेरिकन पौडी खेलडाी सेलेब ड्रेसलले जापानमा जारी टोक्यो ओलम्पिकमा पाँचौं स्वर्ण पदक जितेका छन्। उनले पाचौं स्वर्णका रुपमा आइतबार बिहान भएको चार गुणा १०० मिटर मिडले रिलेमा विश्व कीर्तिमानसहित स्वर्ण जितेका हुन्।

ड्रेसले बटरफ्लाई लेग स्विम गरेका थिए । ड्रेसलसँगै राएन मर्फी, माइकल आन्द्रे र ज्याक अप्पलले तीन मिनेट २६.७८ सेकेण्ड टाइमिङ निकाल्दै विश्व कीर्तिमान कायम गरेका छन् । उनीहरुले सन् २००९ मा रोममा भएको वर्ल्ड च्याम्पियनसिपमा अमेरिकाले नै राखेको ३ मिनेट २७.२८ सेकेन्डको कीर्तिमान तोडे।

टोक्यो ओलम्पिकमा पाँच स्वर्ण जितेका ड्रेसल ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्ये एक बनेका छन् । त्यसअघि आइतबार बिहानै भएको ५० मिटर फ्रिस्टाइलमा उनले २१.०७ सेकेन्डको कीर्तिमानसहित स्वर्ण जितेका थिए ।

२४ वर्षीय ड्रेसलले यसअघि चार गुणा १०० मिटर फ्रिस्टायल, १०० मिटर फ्रिस्टाइलमा र १०० मिटर बटरफ्लाइमा स्वर्ण जितिसकेका छन् । ड्रेसलले २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा २ स्वर्ण जितेका थिए ।

Facebook Comments Box