°
, June 2, 2023 in

सातदोबाटोको पौडी पोखरी सर्वसाधारणका लागि खुला

SHARE:

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको आउटडोर पौडी पोखरी बिहीबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच पौडी पोखरीको शुभारम्भ गरे।

पौडी पोखरी भदौ मसान्तसम्म सञ्चालन गरिने अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख देवराज कट्वालले जनाएका छन् । दैनिक ३ सिफ्टमा पौडी पोखरी सञ्चालन हुनेछ । पहिलो सिफ्ट बिहान १०–१२ बजे, दोश्रो अपरान्ह १–३ बजे र तेश्रो ४–७ बजेसम्म सञ्चालन हुनेछ।

व्यक्तिगत प्रति सिफ्ट २ सय, व्यक्तिगत मासिक ४ हजार, व्यक्तिगत त्रैमासिक १० हजार, व्यक्तिगत प्रशिक्षणसहित प्रति महिना ५ हजार र व्यक्तिगत प्रशिक्षणसहति त्रैमासिकको १३ हजार शुल्क तोकिएको छ।

प्रमुख कट्वालले गत सिजनमा करिब ५० हजार जना पौडी खेल्न आएको र करिब १ करोड आम्दानी भएको जानकारी गराए।

SHARE: