एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलका स्विडिस मिडफिल्डर जर्दान सकिरीलाई कोरोना संक्रमण देखिएको छ । आजै राति हुने क्रोएसियाविरुद्धको मैत्रीपूर्ण खेलअघि गरिएको कारोना परीक्षणमा सकिरीलाई कोरोना संक्रमण देखिएको स्विस फुटबल फेडेरेसनले जनाएको छ ।
कोरोना संक्रमण देखिएपछि सकिरी सेल्फ आइसोलेसनमा बसेको र उनको अवस्था सामान्य रहेको स्विस फुटबल फेडेरेसनले जनाएको छ ।
कोरोना संक्रमण देखिएपछि सकिरीले क्रोएसियाविरुद्धको मैत्रीपूर्ण खेलसँगै युईएफए नेसन्सअन्तर्गतका स्पेन र जर्मनीविरुद्धको खेल पनि गुमाउने छन् ।
स्वीट्जरल्यान्डले शनिबार राति स्पेन र मंगलबार राति जर्मनीसँग खेल्ने तालिका छ । खेल उनीहरुकै मैदानमा हुने छ। स्पेन, जर्मनी र युक्रेनसँगै लिग एको समूह ४ मा रहेको स्वीट्जरल्यान्ड १ अंकसहित पुछारमा छ ।
सकिरी कोरोना देखिने लिभरपुलका तेस्रो खेलाडी हुन् । यसअघि लिभरपुलकै स्पेनिस मिडफिल्डर थिएगो अल्कान्टरा र स्ट्राइकर साडियो मानेलाई कोरोना देखिएको थियो ।