सर्बियामाथी रोमाञ्चक जित निकाल्दै स्वीट्जरल्यान्ड नकआउटमा

Read Time:1 Minute

स्वीट्जरल्यान्ड कतारमा जारी विश्वकपमा नकआउट चरण पुग्ने अन्तिम टिम बनेको छ। शुक्रबार राति भएको रोमाञ्चक खेलमा सर्बियामाथि ३–२को जित निकाल्दै स्वीट्जरल्यान्ड अन्तिम टोलीका रुपमा नकआउट पुगेको हो।

यो जितसँगै समूहका ६ अंक जोडेको ऊ गोलअन्तरमा ब्राजिलभन्दा पछि रहँदै उपविजेताका रुपमा नकआउट पुगेको हो। अब उसले अन्तिम १६मा समूह जीको विजेता पोर्चुगलको सामाना गर्ने छ।

स्वीट्जरल्यान्डलाई जित दिलाउन जद्राना सकिरी, ब्रिल इम्बोलो र रोमो फ्रेउलरले गोल गरे। यता, सर्बियाका एलेक्जेडर मेट्रोभिच र डुसान भ्लाहोभिचिले गोल गरे।

खेलमा २०औं मिनेटमा सकिरीको गोलमा स्वीट्जरल्यान्डले अग्रता लियो। उसको अग्रता धेरैवेर टिकेन। २६औं मिनेटमा मेट्रोभिचले गोल गर्दै खेललाई बराबरीमा ल्याए। ३५औं मिनेटमा भ्लाहोभिचले गोल गर्दै सर्बियालाई अग्रता लिए। तर, ४४औं मिनेटमा इम्बोलोले स्वीट्जरल्यान्डका लागि बराबरी गोल गरे।

पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको खेलमा फ्रुलरले गोल गर्दै खेलमा स्वीट्जरल्यान्डलाई अग्रता दिलाए। त्यसपछि गोल नहुँदा स्वीट्जरल्यान्ड विजयी भयो।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ब्राजिललाई विश्वकपमा हराउने पहिलो अफ्रिकन टिम बन्यो क्यामरुन
Next post नकआउट पुग्ने टिमको टुंगो लाग्यो, अन्तिम १६मा कसको प्रतिद्वन्द्वी को ?
Close