टि–१० लिगमा सोमापालले लिए पहिलो विकेट

Read Time:1 Minute

नेपाली क्रिकेटर सोमपाल कामीले युएईमा भइरहेको टी–१० लिगमा पहिलो विकेट लिएका छन् । यसअघिका ३ खेलमा विकेट लिन नसकेका उनले मंगलबार चौथो खेलमा विकेट लिएका हुन् ।

साविक विजेता मराठा अरेबियन्सबाट खेलिरहेका सोमपालले कलन्दर्सविरुद्धको खेलको चौथो ओभर बलिङ गर्दै १९ रन खर्चेर १ विकेट लिए । सोमपालले चौथो ओभरको अन्तिम बलमा कप्तान सोहेल अख्तर एबलीडब्ल्यु धरापमा परे ।

सोमपालको बलिङमा सर्जिल खानले २ र सोहेलले १ छक्का प्रहार गरेका थिए ।

पुने डेभिल्सबाट खेलिरहेका अर्का नेपाली खेलाडी करण केसीले टीम अबुधाबीका क्रिस गेललाई आउट गर्दै टी–१० मा पहिलो विकेट लिएका थिए । अर्का नेपाली खेलाडी कुशल मल्लले भने अहिलेसम्म खेल्ने अवसर पाएका छैनन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मेयर्स कप क्रिकेट आयोजना हुने
Next post साउथह्याम्पटनको पोस्टमा युनाईटेडको ९ गोल
Close