टि–२० विश्वकपमा आजबाट सुपर १२ खेल सुरु हुँदै

युएई र ओमान संयुक्त रुपमा आयोजना भइरहेको टि–२० विश्वकपमा आजबाट सुपर १२ का खेल सुरु हुँदै छ। पहिलो चरणबाट बंगलादेश, स्कटल्यान्ड, नामिबिया र श्रीलंका सुपर १२ पुगेसँगै सुपर १२को समीकरण पुरा भएको थियो।

पहिलो चरणमा श्रीलंका र नामिबिया समूह एको विजेता र उपविजेता तथा समूह बीबाट स्कटल्यान्ड र बंगलादेश विजेता र उपविजेताका रुपमा सुपर १२मा पुगेका हुन्।

सुपर १२ आज समूम १का २ खेल हुँदैछन् । दिउँसो पौने ४ बजे अबुधाबीमा सुरु हुने पहिलो अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्ने छन् । यस्तै अर्को खेलमा साविक विजेता वेष्टइन्डिज र इंग्ल्यान्डको सामाना गर्दे छ । खेल दुबईमा बेलुका पौने ८ बजे सुरु हुनेछ।

सुपर१२को समूह १मा यी चार टिमसँगै पहिलो चरणबाट छनोट भएका श्रीलंका र बंगलादेश छन् । यस्तै समूह २मा भारत, पाकिस्तान, न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो चरणबाट छानिएका स्कटल्याण्ड र नामिबिया छन् ।