यस्तो छ टि–२० विश्वकपको टिम अफ द टुर्नामेन्ट

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) आइतबार सम्पन्न टि–२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ सर्वाजनिक गरेको छ। आईसिसीले सोमबर बाबर अजामको कप्तानीमा १२ सदस्यीय टिम घोषणा गरेको हो।

टिममा ६ देशका खेलाडी पर्दा भारतका कुनै खेलाडीले ‘टिम अफ द टुर्नामेन्ट’मा स्थान बनाउन सकेनन् । जसमा विजेता टिम अस्ट्रेलियाका सर्वाधिक ३ खेलाडी पर्दा, पाकिस्तान, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र श्रीलंकाका समान २ खेलाडी परेका छन्। यस्तै उपविजेता न्युजिल्यान्डका १ खेलाडी मात्र परेका छन्।

टिमम अष्ट्रेलियाका डेभिड वार्नरसँगै एडम जाम्पा र जोस हेजलउड परेका छन्। वार्नर प्रतियोगितामा २८९ रन बनाउँदै मोस्ट भ्यालुएबल प्लेअर समेच चुनिएका थिए भने जाम्पाले १३ र हेजलउडले ११ विकेट लिए ।

पाकिस्तानका कप्तान बाबर अजाम कप्तानको रुपमा छन् । उनले प्रतियोगितामा सर्वाधिक ३०३ रन बनाएका थिए । उनीसँगै पाकिस्तानका साहिद साह अफ्रिदी वैकल्पिक खेलाडीका रुपमा छन्।

यसैगरी टिममा इंग्ल्याण्डका जोस बटलर र मोइल अनी समावेश छन् । उपविजेता न्युजिल्याण्डबाट ट्रेन्ट बोल्ड मात्र भ्यालुएबल टिममा अटाउँदा दक्षिण अफ्रिकाबाट अइडेन मारक्रम र एनरिक नोर्किया तथा श्रीलंकाबाट चरिथ असालांका र सर्वाधिक १६ विकेट लिएका वानिन्दु हसरंगा छन् ।