अन्तर्राष्ट्रिय टेबलटेनिसमा नेपाल प्रहरीले जित्यो स्वर्ण

Read Time:2 Minute

नेपाल प्रहरी क्लबले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा मंगलबार स्वर्ण जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्रहरीले कान्तिपुर भ्याली पिङपोङ क्लबलाई ३–० ले पराजित गर्‍यो।

डबल्समा प्रहरीका मन्जु सुवाल र एलिना महर्जनको जोडीले स्वेच्छा नेम्वाङ र रविना महर्जनको जोडीलाई ११–९, ११–६ र ११–९ को सोझो सेटमा पराजित गरे । सिंगल्समा प्रहरीकी नविता श्रेष्ठले दिया देउलालाई सीधा सेटमा ११–४, ११–५ र ११–८ ले हराइन् । अर्को सिंगल्समा एलिनाले रविनालाई ११–४, ३–११, ५–११, ११–४ र ११–७ ले पाखा लगाइन्।

ललितपुर जिल्ला टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको भेट्रान महिला ४० वर्षमाथि सिंगल्समा ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लबकी इन्दिरा पौडेल पराजुली पहिलो भइन्। इन्दिराले फाइनलमा आफ्नै क्लबकी सम्झना पोखरेललाई ११–६, ११–५ र ११–४ को सोझो सेटमा पन्छाइन्। लगनखलकी हीरादेवी नकर्मी र ज्ञानभैरवकी सविता बस्नेत केसी तेश्रो भए।

सम्झना ल्याबोरेटोरी क्लिनिक प्रा।लि। को मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा विभिन्न ७ स्पर्धामा २ सय पुरुष र ५६ महिला गरी २ सय ५६ खेलाडी सहभागी छन् । पुरुषमा भारतबाट ९, बेलायतबाट २ तथा फ्रान्स र पोर्चुगलबाट समान १–१ खेलाडी सहभागी छन् । महिलामा विदेशी खेलाडी सहभागी छैनन्।

सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार पाउने छन्। भेट्रान पुरुष सिंगल्स ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिला सिंगल्स ४० वर्षमाथिमा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार हात पार्ने छन्।

Happy
Happy
83 %
Sad
Sad
0 %
Excited
Excited
17 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post वर्ल्ड टेनिस टुरमा नेपालका अकी र आरभको जोडीलाई सफलता
Next post डेटलाइन डेमा विश्वकप स्टार भित्र्याउँदै चेल्सी
Close