अन्तर्राष्ट्रिय टेबलटेनिसको उपाधि नवीता र विनेशलाई

Read Time:3 Minute

पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सिंगल्स् तर्फको उपाधि विनेश खनियाँ र नवीता श्रेष्ठले जितेका छन् । शनिबार भएको फाइनलमा नेपाल प्रहरी क्लबका विनेश पुरुष र नवीता महिला सिंगल्समा च्याम्पियन हुन् ।

लैनचौरस्थित, राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा विनेशले भारतको ग्लोबल टेबलटेनिस एकेडेमीका सन्तोष कुमार रमेशलाई ७–११, ११–५, ११–९, १५–१३, १०–१२ र ११–३ को सेटमा पराजित गरे । भारतको वाइल्ड कार्डका प्रशन्न कुमार र ग्लोबलका भ्रिसिन बभनका तेश्रो भए ।

सम्झना ल्याबोरेटरी क्लिनिक प्रालिको मुख्य प्रायोजनमा ललितपुर जिल्ला टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा नौ पटक राष्ट्रिय च्याम्पियन नवीताले कान्तिपुर भ्याली पिङपोङ क्लबकी रविना महर्जनलाई ११–२, ११–३, ११–३ र ११–५ को सोझो सेटमा हराइन् ।

नेपाल प्रहरीकै एलिना महर्जन र कान्तिपुरकी दिया देउलाले तेश्रो स्थान हासिल गरे। विभिन्न ७ स्पर्धा समावेश प्रतियोगिताको टिम इभेन्टतर्फ पुरुषमा ग्लोबल तथा महिलामा प्रहरीले स्वर्ण जित्यो।

त्यस्तै, भेट्रानको पुरुष सिंगल्स ४० वर्षमाथि गल्कोपाखा समाज सेवाका चन्दन शाही तथा ५५ वर्षमाथि एनसीसीएसका कपुर शर्मा पौडेल पहिलो बने । भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा ज्ञानभैरव डिल्ली बजार टेबलटेनिस क्लबकी इन्दिरा पौडेल पराजुलीले स्वर्ण जितेकी हुन्।

पुरुष÷महिला सिंगल्स तथा टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार पाए। भेट्रानमा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

सो अवसरमा ४ पटकका राष्ट्रिय च्याम्पियन पूर्व टेबलटेनिस खेलाडी दिगम्बरमान सुवाल ‘लाइफ टाइम एचिभ्मेन्ट’ अवार्डबाट सम्मानित भए। पाँच दिन सञ्चालन भएको प्रतियोगितामा २ सय पुरुष र ५६ महिला गरी २ सय ५६ खेलाडी सहभागी भएका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post लगातार दोस्रो जित निकाल्दै न्यु डायमन्ड राष्ट्रिय महिला भलिबलको फाइनलमा
Next post असेन्सियो पेनाल्टीमा चुक्दा रियल पराजित
Close