आयरल्याण्डविरुद्धको टि–२० सिरिजको पहिलो खेलमा घरेलु टोली दक्षिण अफ्रीका विजयी भएको छ। डुब्लिनमा सोमबार भएको खेलमा दक्षिण अफ्रिकाले आयरल्याण्डलाई ३३ रनले हरायो।
पहिला ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले दिएको १६६ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले २० ओभरमा ९ विकेटको क्षतिमा १३२ रन मात्र बनाउन सक्यो। उसका लागि ह्यारी टेक्टरले ३६ रन बनाउँदा बेरी म्याकार्थीले नटआउट ३० बनाए । दक्षिण अफ्रीकाका तब्रिज साम्सीमीले ४ तथा लुंगी एनगिडी र जर्ज लिन्डेले समान २विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेटको क्षतिमा १६५ रन बनाएकोको थियो। उसका एडिन माक्रामले सर्वाधिक ३९ रन बनाए भने डेभिड मिलरले २८, रस्सी भान डेर डुसानले २५ रन बनाए ।
आयरल्याण्डका मार्क एडिअरले ३ तथा सिमि सिंह र जोस लिटलले २–२ विकेट लिए ।
दक्षिण अफ्रिका भ्रमणमा रहेको आयरल्यान्डले यसअघि ३ तीन खेलको एकदिवसीय सिरिज खेलेको थियो । सो सिरिजन १–१को बराबरीमा सकिएको थियो।