रामधुनी नगरपालिका (रातो)लाई पराजित गर्दै तालतलैया क्लब इटहरीले दोस्रो रामधुनी मेयरकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भएको फाइलनमा रामधुनीलाई ३–२ ले पारजित गर्दै तालतलैया च्याम्पियन बनेको हो ।
झुम्कास्थित पिप्राहा खेल मैदानमा भएको फाइलनमा तालतलैयालाई जित दिलाउने क्रममा तीर्थ बस्नेतले २ गोल गरे भने सुशन तामाङले १ गोल गरे । यस्तै रामधुनीका सागर तामाङ र सुजित चौधरीले गोल गरेका थिए ।
दुई पटक लिएको अग्रता जोगाउन नसक्दा रामधुनी उपविजेतामा चित्त बुझाउन बाध्य भयो । खेलका सुरु भएको तेस्रो मिनेटमै सागर तामाङले गोल गर्दै रामधुनीलाई अग्रता दिलाएका थिए । तर, रामधुनीको अग्रता ६ मिनेटभन्दा बढी टिक्न सकेन । खेलको ९औं मिनेटमा तालतलैयाका तीर्थ बस्नेले गोल गर्दै खेललाई बराबरीमा ल्यााए ।

खेल बराबरीमा आएको १५ मिनेट बित्न नपाउँदै खेलमा रामधुनीले पुनः अग्रता लियो । खेलको २३औं मिनेटमा सुजित चौधरीले गोल गर्दै टिम अग्रता दिलाए । पहिलोका हाफको इन्जुरी समयमा तीर्थले गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याए ।
प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलको पहिलो हाफमा २–२ गोलका बराबरीमा सकियो । दोस्रो हाफको १७ औं मिनेटमा सुशन तामाङले गोल गर्दै तालतलैयालाई च्याम्पियन बनाए । सुशन फाइलनको म्यान अफ दी म्याच चुनिए ।
विजेता बनेको तालतलैयाले ट्रफीसहित १ लाख रुपैयाँ प्राप्त ग¥यो भने उपविजेता बनेको रामधुनीले ट्रफीसहित ५० हजार रुपैयाँमा चित्त बुझायो । विजेता र उपविजेता टिमलाई रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीले ट्रफी मेडल तथा प्रमाणपत्र हस्तान्तरण गरे ।

रामधुनी युवा क्लबको आयोजना तथा रामधुनी नगरपालिकाको संयोजमा सञ्चालन भएको प्रतियोगितामा इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, बहारा नगरपालिका, लिब्जु क्लब धरान, तालतलैया इटहरी र रामधुनी नगरपालिकाको राता तथा निलो गरी ८ टिम सहभागी थिए ।