माओवदी निकट टंकलाल बने राखेपको सदस्य सचिव

टंकलाल घिसिङ राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको हो।

यसअघि आइतबार युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको छनोट समितिले घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठलाई सदस्यसचिव नियुक्त गर्न सिफारिस गरेको थियो। सदस्य सचिवका लागि १८ जनाले दाबी पेश गरेका थिए।

नेपाल रग्वी संघका अध्यक्ष समेत रहेका घिसिङ माओवादी केन्द्रको बागमती प्रदेश सचिवालय समितिका सदस्य हुन् । रामेछापका घिसिङ एसियाली रग्बिको कार्यकारी बोर्ड सदस्य तथा एसिया रग्बीको‘अडिट एन्ड रिस्क कमिटी’को प्रमुख हुन्।