सोमबार हुने नेपाल र भारतबीचको खेल खेल्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ श्रीलंका प्रस्थान गरेका छन्।
एसिया कपमा सहभागी नेपाली क्रिकेट टोलीको हौसला बढाउन सदस्य–सचिव घिसिङ श्रीलंका प्रस्थान गरेका हुन्। एसिया कपको समूह चरणको आफ्नो दोश्रो खेलमा नेपालले सोमबार भारतसंग खेल्दै छ।
सदस्य–सचिव घिसिङसंगै राखेपका सदस्य लेखबहादुर क्षेत्री पनि श्रीलंका प्रस्थान गरेका छन्।
सदस्य–सचिव घिसिङलाई राखेपका निमित्त सदस्य–सचिव अञ्जन धमला, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, खेलकुद विकास विभागका प्रमुख मिनकुमार शर्मा र संघ संस्था समन्वय शाखकका प्रमुख चन्द्रकुमार राईले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे।