टासीले जिते हुन्डाई ओपन गल्फको उपाधि

टासी डोङले शनिबार हुन्डाई ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार गोकर्ण गल्फ क्लबमा टासीले सर्वाधिक ३९ स्कोर गर्दै उपाधि हात पारेका हुन् ।

दुई ह्यान्ड क्याप एमेच्योर खेलाडीले उपाधि जित्दा ६ बर्डिज पनि प्राप्त गरेका थिए । उनले काउन्टर ब्याकमा माधव सिंखडालाई निराश पारे । काउन्टर ब्याकमा डोङले १९ स्कोर गरे । काउन्टर ब्याकमै सिंखडा १७ स्कोर मात्र गर्न सफल रहे ।

उपाधि विजेता डोङले १ लाख २० हजार जिते । काउन्टर ब्याकमा चुकेका सिंखडाले जर्मनीमा बनेको एस६० जिपिएस गल्फ घडी पाएका छन् । संगम केसी सेकेन्ड रनरअप भएका छन् । उनले ३८ स्कोर गरेका थिए ।

काउन्टर ब्याकमा उनको सामना भरत बास्ताकोटीसँग भएको थियो । यसैगरी टासी छिरिङले उत्कृष्ट ग्रोसको उपाधि जितेका छन् । उनले प्रतियोगितामा सर्वाधिक ३८ ग्रोस स्कोर गरेका थिए । प्रतियोगितामा उनी ६ बर्डिज निकाल्न सफल भए ।

यता ६० वर्षमाथिको प्रतिस्पर्धामा गोपाल चित्रकार विजेता बने । उनले सर्वाधिक ३७ स्कोर गरेका थिए । महिलातर्फ कल्याणी मोक्तानले रेखा घिमिरेलाई हराउँदै उपाधि हात पारिन् ।
प्रतियोगिताको मुख्य प्रायोजक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हो । प्रतियोगिताका विजेतालाई नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क योङ सिक, लक्ष्मी समूहका चियरम्यान गणेशबहादुर श्रेष्ठ र गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद् घिमिरले पुरस्कृत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP