°
, June 1, 2023 in
0

पुलिसिचले चेल्सीमा १० नम्बर जर्सी लगाउने

SHARE:

चेल्सीका अमेरिकी स्ट्राइकर क्रिस्टियन पुलिसिचले आगामी सिजन १० नम्बरको जर्सी लगाउने भएका छन् । अघिल्लो सिजन २२ नम्बरको जर्सी लगाएका पुलिसिचलाई लन्डन क्बबले नयाँ सिजनका लागि १० नम्बरको लिजेन्डरी जर्सी दिएको हो ।

अघिल्लो सिजन १० नम्बर जर्सी लगाएका ब्राजिलियन विंगल विलियनले क्लब छाडेपछि चेल्सीलाई पुलिसिचलाई सो जर्सी दिएको छ । पुलिसिच सन् २०१९मा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट ६४ मिलियन पाण्डमा चेल्सी आएका हुन् ।

२१ वर्षीय पुलिसिचले अघिल्लो सिजन चेल्सीबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ३४ खेलमा ११ गोल गर्नुका साथै १० असिस्ट गरेका थिए ।

उनलाई चेल्सीले इडेन हाजार्डको स्थान लिन सक्ने खेलाडीका रुपमा क्लब भित्र्याएको हो । त्यसैले उनलाई हाजार्डकै १० नम्बरको जर्सी दिइएको हो । चेल्सीमा १० नम्बर जर्सी निकै महत्वका साथ हेरिन्छ ।

यसअघि चेल्सीमा १० नम्बर जर्सी जो कोल, इडेन हजार्ड र विलियनले लगाएका थिए । उनीहरु सबैले इपिएल र युरोपियन उपाधि जितेका छन् ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *